YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 18:11-15

उत्‍पत्ति 18:11-15 सरल नेपाली

अब्राहाम र सारा वृद्ध भइसकेका थिए। साराको रजस्वला पनि बन्‍द भइसकेको थियो। यसैले सारा आफ्‍नो मनमा यसो भन्‍दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्‍ने पनि त बुढा भइसकेका छन्।” तब परमप्रभुले अब्राहामलाई सोध्‍नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्‍माउन सकूँली र?’ भनेर सारा किन हाँसी? के परमप्रभुको निम्‍ति केही कुरो कठिन छ र? मैले भनेअनुसार नौ महिनापछि म फर्की आउनेछु अनि साराले एउटा छोरो जन्‍माउनेछे।” सारा डराइन्। त्‍यो कुरा इन्‍कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्‍नुभयो।

उत्‍पत्ति 18 पढ्नुहोस्