उत्पत्ति 18:11-15
उत्पत्ति 18:11-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो। यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?” तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।” तर साराले यसो भन्दै इन्कार गरिन्, “म हाँस्दै हाँसिनँ।” किनभने तिनी डराइन्। तर उहाँले भन्नुभयो, “तँ हाँसेकै होस्।”
उत्पत्ति 18:11-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्चा जन्माउने उमेर पनि कटिसकेको थियो। यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्चै यो सुख प्राप्त होला?” तब याहवेहले अब्राहामलाई भन्नुभयो, “म बुढी भइसकेकीले के साँच्चै बच्चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।” सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्नुभयो, “हो, तँ हाँसेकै थिइस्।”
उत्पत्ति 18:11-15 पवित्र बाइबल (NERV)
अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।” तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।” तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्। तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”
उत्पत्ति 18:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहाम र सारा वृद्ध भइसकेका थिए। साराको रजस्वला पनि बन्द भइसकेको थियो। यसैले सारा आफ्नो मनमा यसो भन्दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्ने पनि त बुढा भइसकेका छन्।” तब परमप्रभुले अब्राहामलाई सोध्नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्माउन सकूँली र?’ भनेर सारा किन हाँसी? के परमप्रभुको निम्ति केही कुरो कठिन छ र? मैले भनेअनुसार नौ महिनापछि म फर्की आउनेछु अनि साराले एउटा छोरो जन्माउनेछे।” सारा डराइन्। त्यो कुरा इन्कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्नुभयो।