परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अबदेखि तैँले तेरी स्वास्नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ। म उसलाई आशिष् दिनेछु र उसबाट तँलाई एउटा छोरो दिनेछु। म उसलाई आशिष् दिनेछु र ऊ जाति-जातिका आमा हुनेछे र उसबाट जन्मेका सन्तानमा राजाहरू पनि हुनेछन्।” अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?” उनले परमेश्वरलाई प्रश्न गरे, “किन? इश्माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?” तर परमेश्वरले भन्नुभयो, “अँहँ, हुँदैन, तेरी स्वास्नी साराले एउटा छोरो जन्माउनेछे, त्यसको नाम तैँले इसहाक राख्नेछस्। म त्योसित र त्यसका सन्तानसित सदाकालको निम्ति आफ्नो करार राख्नेछु। यो करार सदासर्वदाको लागि हो। तैँले इश्माएलको निम्ति गरेको बिन्ती मैले सुनें र म त्यसलाई आशिष् दिनेछु र धेरै छोरा-नातिहरू दिनेछु। त्यसका वंशमा बाह्र जना राजकुमारहरू जन्मनेछन् र त्यसका सन्तानलाई पनि म एउटा महान् जाति बनाउनेछु। तर साराले जन्माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्यो बालक यस्तै बेलामा आउँदो साल जन्मनेछ।”
उत्पत्ति 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 17:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू