YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 17:1-14

उत्‍पत्ति 17:1-14 सरल नेपाली

अब्राम उनान्‍सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्‍यो गर्‌। म तँसित करार बाँध्‍नेछु र धेरै सन्‍तानहरू तँलाई दिनेछु।” अब्रामले निहुरेर भूइँ छोए अनि परमेश्‍वरले भन्‍नुभयो, “म तँसँग यो करार बाँध्‍छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्। अब उसो तेरो नाम अब्राम होइन तर ‘अब्राहाम’ हुनेछ किनभने म तँलाई धेरै जातिहरूका पुर्खा बनाउँदै छु। म तँलाई धेरै सन्‍तान दिनेछु, तीमध्‍ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्‍तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्। “मैले तँसित, तेरा सन्‍तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्‍नेछु। म तँ र तेरा सन्‍तानका परमेश्‍वर हुनेछु। म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्‍तानको हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।” परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तँ, तेरा सन्‍तान र आउँदा वंशहरूले पनि यो करार मसँग राख्‍न राजी हुनुपर्नेछ। तँ तेरा सन्‍तान र आफ्‍ना बीचमा भएका हरेक पुरुषको खतना गर्न राजी हुनुपर्नेछ। अबउसो जन्‍मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्‍मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्‍मेका पनि त्‍यसरी नै खतना गरिनुपर्नेछ। त्‍यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ। प्रत्‍येकको खतना हुनुपर्छ र मैले तिमीहरूसँग बाँधेको करार सदाकालको निम्‍ति हो भनी जनाउने यो एउटा शरीरको चिनो हुनेछ। खतना नलिने मानिस मेरा जनहरूमध्‍येको भनी मानिनेछैन किनभने त्‍यसले मसँग गरिएको करार मानेको हुँदैन।”

उत्‍पत्ति 17 पढ्नुहोस्