तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्छ र? म पछिको हकदार दमस्कसको एलीएजर मात्र छ। तपाईंले मलाई सन्तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्पत्तिमाथि हकदार बन्नेछ।” परमप्रभुले यसो भन्नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्पत्तिको हकवाला बन्नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” परमप्रभुले उनलाई बाहिर लगेर भन्नुभयो, “आकाशमा हेर् र ताराहरू गन्ने चेष्टा गर्, तेरा सन्तान तारा जतिकै हुनेछन्।” अब्रामले परमप्रभुमाथि आफ्नो भरोसा राखे। त्यसकारण परमप्रभु उनीसित प्रसन्न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो।
उत्पत्ति 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 15:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू