YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 15:2-6

उत्‍पत्ति 15:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्‍छ र? किनभने म सन्‍तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्‍कसको एलीएजर हुनेछ।” फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।” तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्‍नै छोरा हुन्‍छ त्‍यही नै तेरो उत्तराधिकारी हुनेछ।” अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।” अनि तिनले परमप्रभुमाथि विश्‍वास गरे, र यो तिनको निम्‍ति धार्मिकता गनियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:2-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।” तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:2-6 पवित्र बाइबल (NERV)

अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।” त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।” त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।” अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्‍चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्‍छ र? म पछिको हकदार दमस्‍कसको एलीएजर मात्र छ। तपाईंले मलाई सन्‍तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्‍पत्तिमाथि हकदार बन्‍नेछ।” परमप्रभुले यसो भन्‍नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्‍पत्तिको हकवाला बन्‍नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” परमप्रभुले उनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशमा हेर्‌ र ताराहरू गन्‍ने चेष्‍टा गर्‌, तेरा सन्‍तान तारा जतिकै हुनेछन्।” अब्रामले परमप्रभुमाथि आफ्‍नो भरोसा राखे। त्‍यसकारण परमप्रभु उनीसित प्रसन्‍न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्