YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 12:1-7

उत्‍पत्ति 12:1-7 सरल नेपाली

परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “आफ्‍नो देश, साखा-सन्‍तान र बुबाको घर छोडिदे र जुन देश म तँलाई देखाउँछु, त्‍यहाँ जा। म तँलाई धेरै छोरा-नातिहरू दिनेछु र तिनीहरू एउटा महान् जाति हुनेछन्। म तँलाई आशिष् दिनेछु र तेरो नाम खुबै चल्‍नेछ र तँ आशिष्‌को मूल बन्‍नेछस्। “तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई सराप दिनेलाई म सराप दिनेछु। र तँद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।” अब्राम ७५ वर्ष उमेर हुँदा परमप्रभुले भन्‍नुभएअनुसार हारानदेखि हिँडे अनि लोत उनीसँग गए। अब्रामले आफ्‍नी स्‍वास्‍नी साराई, आफ्‍ना भतिजा लोत र हारानमा कमाएका सारा धन-सम्‍पत्ति र कमारा-कमारी साथमा लिए र तिनीहरू कनान देशतिर लागे। तिनीहरू कनानमा आइपुगे। कनान देशमा शकेमको पवित्र सहर मोरेमा भएको पवित्र रूख भएको ठाउँसम्‍म आइनपुगुञ्‍जेल अब्रामले बिसाएनन्। (त्‍यस बेला कनानीहरू त्‍यस देशमा बसोबास गरिरहेकै थिए।) परमप्रभु अब्रामका अघि देखा पर्नुभयो र उनलाई भन्‍नुभयो, “यही देश म तेरा छोरा-नातिलाई दिँदछु।” तब अब्रामले आफूलाई दर्शन दिनुहुने परमप्रभुको लागि त्‍यहाँ एउटा वेदी बनाए।

उत्‍पत्ति 12 पढ्नुहोस्