परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस्। तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष् पाउनेछन्।” यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के, अनि त्यहाँ पुगे। अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए।
उत्पत्ति 12 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 12:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू