यसैले म भन्दछु, पवित्र आत्माले भनेअनुसार हिंड र आफ्नो शारीरिक स्वभावको इच्छा पूरा गर्नेछैनौ किनभने शारीरिक स्वभावको इच्छा आत्माको अनि आत्माको इच्छाले शारीरिक स्वभावको विरोध गर्दछ। यी दुवै एक-अर्काका शत्रु हुन् र तिमीहरूले गर्न खोजेका कुरा हुन पाउँदैन। तर तिमीहरू आत्माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ। शारीरिक स्वभावका कामहरू यिनै हुन्– व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु, मूर्ति पुज्नु, जादू-टुना गर्नु, दुश्मनी गर्नु, झगडा गर्नु, ईर्ष्या गर्नु, रिस गर्नु, आफ्नो मात्रै भलो खोज्नु, फाटो ल्याउनु, गुटबन्दी गर्नु, डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु। पवित्र आत्माका फलचाहिँ यी हुन्– प्रेम गर्नु, आनन्दित हुनु, मेलमिलाप गर्नु, मन थाम्नु, दया गर्नु र भलाइ गर्नु, भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्नु, यिनीहरूको विरोधमा कुनै नियम छैन। ख्रीष्ट येशूको मानिसले आफ्नो इच्छा र माया मोह क्रूसमा आफ्नो शारीरिक स्वभावसँगै मारेको हुन्छ।
गलाती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 5:16-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू