कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्नो राज्यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो: “फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्दिर बनाउने कार्यभार दिनुभएको छ। तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्वरको, जसको त्यहाँ पूजा गरिन्छ, मन्दिर बनाउनू। कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्वरको मन्दिरमा चढाउने भेटीहरू देऊन्।” तब यहूदा र बेन्यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्दिर फेरि बनाउन तयार भए। तिनीहरूका सबै छिमेकीहरूले धेरै थोक; चाँदीका भाँडा-कुँडा, सुन, चीजबीजहरू, घरेलु पशुहरू, अरू बहुमूल्य कुराहरू र मन्दिरमा चढाउने भेटीहरू दिएर तिनीहरूलाई मद्दत गरे।
एज्रा 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 1:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू