YouVersion लोगो
खोज आइकन

एज्रा 1:1-6

एज्रा 1:1-6 पवित्र बाइबल (NERV)

फारस देशमा कोरेस राजाले साशन गरेको प्रथम बर्षमा अगमवक्ता यर्मियाहद्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः “फारसका राजा कोरेस यो भन्नुहुन्छः परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ। उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहुन्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेममा रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्। जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिर निर्माको निम्ति सहायता गरोस्।” तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो। तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-सामान अनि पशु-प्राणिहरूको साथै मूल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।

शेयर गर्नुहोस्
एज्रा 1 पढ्नुहोस्

एज्रा 1:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्‍नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्‍नो राज्‍यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो: “फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्‍ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्‍दिर बनाउने कार्यभार दिनुभएको छ। तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्‍वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको, जसको त्‍यहाँ पूजा गरिन्‍छ, मन्‍दिर बनाउनू। कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्‍छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्‍वरको मन्‍दिरमा चढाउने भेटीहरू देऊन्।” तब यहूदा र बेन्‍यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्‍वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्‍दिर फेरि बनाउन तयार भए। तिनीहरूका सबै छिमेकीहरूले धेरै थोक; चाँदीका भाँडा-कुँडा, सुन, चीजबीजहरू, घरेलु पशुहरू, अरू बहुमूल्‍य कुराहरू र मन्‍दिरमा चढाउने भेटीहरू दिएर तिनीहरूलाई मद्दत गरे।

शेयर गर्नुहोस्
एज्रा 1 पढ्नुहोस्

एज्रा 1:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्‍वरूप उनले आफ्‍ना राज्‍यभरि मौखिक अनि लिखित रूपमा यस्‍तो घोषणा गरे: “फारसका राजा कोरेस यसो भन्‍छन्, ‘परमप्रभु, स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्‍येक मानिससँग परमेश्‍वर रहून्‌। सो यहूदाको यरूशलेममा उक्‍लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्‍वर, इस्राएलका परमेश्‍वर, परमप्रभुको मन्‍दिर त्‍यसले पुनर्निर्माण गरोस्‌। बाँचेको प्रत्‍येक यहूदी जहाँ-जहाँ छ त्‍यस ठाउँका बासिन्‍दाहरूले यरूशलेम स्‍थित परमेश्‍वरका मन्‍दिरको निम्‍ति त्‍यसलाई सुन, चाँदी, धन-सम्‍पत्ति र गाईबस्‍तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।” त्‍यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्‍यामीनका परिवारका मुख्‍य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए। तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्‍तुहरू, धन-सम्‍पत्ति, गाईबस्‍तु र बहुमूल्‍य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे।

शेयर गर्नुहोस्
एज्रा 1 पढ्नुहोस्

एज्रा 1:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह, स्वर्गका परमेश्‍वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ। तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्‍वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्‍वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ। अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्‍वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ” त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्‍वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए। तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे।