YouVersion लोगो
खोज आइकन

इजकिएल 8:11-16

इजकिएल 8:11-16 सरल नेपाली

शापानका छोरा याजन्‍याहसमेत जम्‍मा सत्तरी जना इस्राएली अगुवाहरू ती चित्रहरूको सामुन्‍ने उभिरहेका थिए। प्रत्‍येकले एक-एक वटा धूपदान हातमा लिएका थिए र धूपदानबाट धूपको धुवाँ माथितिर उठिरहेको थियो। परमेश्‍वरले मलाई सोध्‍नुभयो, “ए मरणशील मानिस, मूर्तिहरूले भरिएको पूजास्‍थल अघि इस्राएली अगुवाहरूले गुप्‍तमा के गरिरहेका छन्, त्‍यो देख्‍दै छस्? तिनीहरूको यस्‍तो भनाइ छ, ‘परमप्रभुले हामीहरूलाई देख्‍नुहुन्‍न, उहाँले यस देशलाई त्‍याग्‍नुभएको छ’।” त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले त्‍योभन्दा झन् घिनलाग्‍दा काम गरेका तैँले देख्‍नेछस्।” अनि उहाँले मलाई मन्‍दिरको उत्तरपट्टिको मूल-ढोकानिर लैजानुभयो र तम्‍मूज देवताको मृत्‍यु भएकोमा आइमाईहरू विलाप गरिरहेका देखाउनुभयो। उहाँले मलाई सोध्‍नुभयो, “ए मरणशील मानिस, के त्‍यो देखिस्? त्‍योभन्दा बढ्ता घिनलाग्‍दा कुराहरू तैँले देख्‍नेछस्।” त्‍यसपछि उहाँले मलाई मन्‍दिरको भित्री-चोकमा लैजानुभयो। त्‍यहाँ वेदी र दलानबीच पवित्र बासस्‍थानको प्रवेशद्वारनिर पच्‍चीस जना जति मानिसहरू थिए। तिनीहरूले पवित्र बासस्‍थानतिर पिठ फर्काएर पूर्वतिर मुख गरी तलसम्‍म शिर झुकाउँदै उदाउन लागेको सूर्यलाई दण्‍डवत् गरिरहेका थिए।

इजकिएल 8 पढ्नुहोस्