YouVersion लोगो
खोज आइकन

इजकिएल 4:4-8

इजकिएल 4:4-8 सरल नेपाली

“त्‍यसपछि बायाँपट्टि कोल्‍टे परेर सुत् र म तँमाथि सबै इस्राएल जातिको दोष बोकाइदिनेछु। त्‍यसरी ३९० दिनसम्‍म तँ लडिरहनेछस् र तिनीहरूको अपराधको दण्‍ड भोग्‍नेछस्। तिनीहरूले पाउने दण्‍डको प्रत्‍येक वर्षको निम्‍ति एक दिनको हिसाबले मैले तँलाई दण्‍ड दिएको छु। ती दण्‍डका दिनहरू पूरा भइसकेपछि दायाँपट्टि कोल्‍टे परेर सुत् र यहूदाको अपराधको निम्‍ति चालीस दिनसम्‍म दण्‍ड भोग्। यसपाली पनि प्रत्‍येक वर्षको निम्‍ति एक दिन गरेर दण्‍ड भोग्‍नुपर्नेछ। “तेरो नजर यरूशलेमको घेरामा राख्। सहरपट्टि आफ्‍नो खाली हात हल्‍लाउँदै त्‍यसको विरुद्धमा अगमवाणी भन्। त्‍यसको घेराको दिन नसकिएसम्‍म तँ यताउता फर्कन नसक्‍ने गरी म तँलाई डोरीले बाँधिराख्‍नेछु।

इजकिएल 4 पढ्नुहोस्