YouVersion लोगो
खोज आइकन

इजकिएल 1

1
इजकिएललाई परमेश्‍वरको पहिलो दर्शन
(इजकिएल १:१-७,२७)
परमेश्‍वरको सिंहासन
1 # प्रकाश 19:11 तीसौं वर्षको चौथो महिनाको पाँचौं दिन बूजीका छोरा म इजकिएल पूजाहारी कैदमा लगिएकाहरूसँग बेबिलोन देशको कबार नदीको किनारमा थिएँ। आकाश उघ्रियो र मैले परमेश्‍वरको दर्शन देखें। 2#२ राजा 24:10-16; २ इतिहास 36:9,10(यहोयाकीन राजा देशनिकाला भई कैदमा लगिएको यो पाँचौं वर्ष थियो।) 3बेबिलोनको कबार नदीको किनारमा परमप्रभु मसित बोल्‍नुभएको मैले सुनें र उहाँको हात ममाथि भएको थाहा गरें।
4मैले माथि हेरें र उत्तरबाट आँधी-बेहरी आइरहेको देखें। बाक्‍लो बादलको बीचबाट बिजुली चम्‍कँदै थियो र त्‍यसको चारैतिर उज्‍यालो फैलिंदै थियो। बिजुली चम्‍केको ठाउँनिर काँसाझैँ केही चम्‍कँदै थियो। 5#प्रकाश 4:6आँधीको ठीक बीचमा मानिसको रूपमा चार जीवित प्राणीहरूझैँ मैले देखें। 6तर हरेकका चार वटा अनुहारहरू र चार वटा पखेटाहरू थिए। 7तिनीहरूका खुट्टाहरू सीधा थिए र पाउमा साँढेका झैँ खुर थिए। ती टल्‍काइराखेका काँसाझैँ चम्‍कन्‍थे। 8चार वटा अनुहार र चार वटा पखेटा-बाहेक प्रत्‍येक पखेटामुनि मानिसको जस्‍तै एक-एक वटा हात थियो। 9प्रत्‍येक जीवित प्राणीले आफ्‍ना दुई वटा पखेटा यस्‍तो प्रकारले फैलाएको थियो कि एउटा पखेटाको टुप्‍पाले अर्को पखेटाको टुप्‍पोलाई छोएर एउटा वर्गाकार बनेको थियो। तिनीहरू चल्‍दा आ-आफ्‍नो जिउ यताउता नफर्काई एकसाथ चल्‍थे। 10#इजकिएल 10:14; प्रकाश 4:7प्रत्‍येक जीवित प्राणीका चार वटा भिन्‍ना-भिन्‍नै अनुहारहरू थिए: अगाडिपट्टि मानिसको अनुहार, दायाँपट्टि सिंहको अनुहार, बायाँपट्टि साँढेको अनुहार र पछाडिपट्टि चीलको अनुहार। 11प्रत्‍येक प्राणीका दुई पखेटा मास्‍तिर फैलिएका थिए र एउटाको पखेटाले अर्कोको पखेटा छोएको थियो र अरू दुई पखेटाले चाहिँ आ-आफ्‍ना शरीर ढाकेका थिए। 12प्रत्‍येक प्राणीले चारै दिशापट्टि आफ्‍नो मुख फर्काएको थियो र आत्‍मा जता-जता जान्‍थे, तिनीहरू जिउ नफर्काई साथसाथै त्‍यतै जान्‍थे।
13 # प्रकाश 4:5 ती प्राणीहरू बल्‍दैगरेको कोइला वा राँकोजस्‍ता देखिन्‍थे। तिनीहरूको बीचमा आगोको मुस्‍लो यताउता सर्थ्यो। यो आगो चम्‍किलो थियो र त्‍यहाँबाट झिलिक-मिलिक बिजुली चम्‍कँन्‍थ्‍यो। 14ती प्राणीहरू बिजुलीको वेगमा यताउता हुत्तिन्‍थे।
15 # इजकिएल 10:9-13 ती चार प्राणीहरूलाई मैले हेर्दैगर्दा हरेकको छेउमा एक-एक वटा जमिन छोएको गरी चार वटा पाङ्ग्रा देखें। 16चारै वटा पाङ्ग्रा एकै किसिमका थिए, ती दामी रत्‍नझैँ चम्‍कन्‍थे र प्रत्‍येकलाई समकोणमा भाग गर्दै अर्को एक-एक वटा पाङ्ग्रा पनि थियो। 17त्‍यसले गर्दा ती पाङ्ग्राहरू चारैतिर जान सक्‍थे। 18#प्रकाश 4:8पाङ्ग्राका बाहिरी घेराभरि नै आँखाहरू थिए। 19प्राणीहरू चल्‍दा पाङ्ग्राहरू पनि सँगसँगै चल्‍थे, प्राणीहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे। 20आत्‍मा जता-जता जान्‍थे, तिनीहरू त्‍यतै-त्‍यतै जान्‍थे र ती पाङ्ग्राहरू तिनीहरूसँगै उचालिन्‍थे किनभने ती जीवित प्राणीहरूका आत्‍मा पाङ्ग्राहरूमा थिए। 21त्‍यस्‍तै प्रकारले जतिपल्‍ट प्राणीहरू चल्‍थे, थामिन्‍थे वा उचालिन्‍थे, त्‍यति नै पल्‍ट पाङ्ग्राहरू पनि त्‍यसै गर्थे।
22 # प्रकाश 4:6 ती प्राणीहरूको शिरको माथितिर स्‍फटिकझैँ चम्‍किरहने एउटा गुम्‍बजको जस्‍तो आकार थियो। 23गुम्‍बजको मुन्‍तिर एउटाको पखेटाले अर्कोको पखेटा छुने गरी आ-आफ्‍ना दुई-दुई वटा पखेटा फैलाएर र बाँकी दुई वटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेर ती चार जीवित प्राणीहरू खडा थिए। 24#प्रकाश 1:4-15; 19:6तिनीहरू उडेर जाँदा तिनीहरूका पखेटाको आवाज मैले सुनें, त्‍यो आवाज समुद्रजस्‍तै गर्जन्‍थ्‍यो अथवा ठूलो सेना हिंडेजस्‍तो वा सर्वशक्तिमान् परमेश्‍वरको सोरझैँ सुनिन्‍थ्‍यो। तिनीहरू अडिँदा पखेटा झार्थे, 25तर तिनीहरूको शिर मास्‍तिरको गुम्‍बजबाट भने आवाज निस्‍किरहन्‍थ्‍यो।
26 # इजकिएल 10:1; प्रकाश 4:2,3 गुम्‍बजको मास्‍तिर मणिले बनिएको एउटा सिंहासनजस्‍तो थियो र त्‍यसमाथि मानिसजस्‍तो एउटा आकार बसेको थियो। 27#इजकिएल 8:2आगोको बीचमा काँसा चम्‍केझैँ त्‍यो आकार चम्‍कन्‍थ्‍यो अनि त्‍यसको ज्‍योति चारैतिर फैलिएको थियो। 28त्‍यस ज्‍योतिमा इन्‍द्रेणीका सबै रङ्गहरू देखिन्‍थे। यो दृश्‍यले परमप्रभुको महिमा प्रकट गर्दथ्‍यो।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्