YouVersion लोगो
खोज आइकन

बाट लोकप्रिय बाइबल पदहरू {{chapter}}

मैले माथि हेरें र उत्तरबाट आँधी-बेहरी आइरहेको देखें। बाक्‍लो बादलको बीचबाट बिजुली चम्‍कँदै थियो र त्‍यसको चारैतिर उज्‍यालो फैलिंदै थियो। बिजुली चम्‍केको ठाउँनिर काँसाझैँ केही चम्‍कँदै थियो। आँधीको ठीक बीचमा मानिसको रूपमा चार जीवित प्राणीहरूझैँ मैले देखें। तर हरेकका चार वटा अनुहारहरू र चार वटा पखेटाहरू थिए। तिनीहरूका खुट्टाहरू सीधा थिए र पाउमा साँढेका झैँ खुर थिए। ती टल्‍काइराखेका काँसाझैँ चम्‍कन्‍थे। चार वटा अनुहार र चार वटा पखेटा-बाहेक प्रत्‍येक पखेटामुनि मानिसको जस्‍तै एक-एक वटा हात थियो। प्रत्‍येक जीवित प्राणीले आफ्‍ना दुई वटा पखेटा यस्‍तो प्रकारले फैलाएको थियो कि एउटा पखेटाको टुप्‍पाले अर्को पखेटाको टुप्‍पोलाई छोएर एउटा वर्गाकार बनेको थियो। तिनीहरू चल्‍दा आ-आफ्‍नो जिउ यताउता नफर्काई एकसाथ चल्‍थे।