इजकिएल पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुभन्दा ५८६ वर्षअघि यरूशलेमको पतन अघि र पछिका समयमा इजकिएल अगमवक्ता देशनिकाला भई बेबिलोनका कैदमा रहेका थिए। कैदी भएर बेबिलोनमा बसोबास गर्नेहरू र यरूशलेमका बासिन्दाहरूको निम्ति उनले यो सन्देश दिएका थिए। यस पुस्तकमा छ मुख्य भागहरू छन्:
१) अगमवक्ता हुन इजकिएललाई परमेश्वरको बोलावट २) परमेश्वरको दण्ड अनि पछि आउने यरूशलेमको पतन र विनाशबारे यहूदीहरूलाई चेतावनी ३) आफ्ना प्रजालाई अत्याचार गर्ने अनि कुमार्गतिर डोर्याउने विभिन्न अन्यजातिहरूमाथि परमप्रभुको दण्डाज्ञाको सन्देश।
४) यरूशलेमको पतनपछि इस्राएललाई सान्त्वनाको वचन र उज्ज्वल भविष्यको प्रतिज्ञा।
५) गोगको विरुद्धमा ईश्वरवाणी र ६) पुन:स्थापित गरिएका मन्दिर र देशबारे इजकिएलले देखाएको चित्र।
इजकिएल गहिरो विश्वास भएका र दर्शन देख्ने मानिस थिए। दर्शनका रूपमा उनले धेरै अन्तर्ज्ञान पाएका थिए र धेरै सन्देशहरू प्रष्ट अनि साङ्केतिक दृश्यका रूपमा प्रकट गरेका छन्। मानिसको आत्मा र हृदयको भित्री नवीकरण अनि आफ्ना पापको निम्ति प्रत्येक व्यक्तिको आफ्नै जिम्मेवारीबारे इजकिएलले जोड दिएका छन्। जातीय जन-जीवनको नवीकरणबारे पनि उनले आफ्नो आशा व्यक्त गरेका थिए। पूजाहारी र अगमवक्ता भएको कारणले मन्दिरबारे र मानिसका पवित्रताको आवश्यकताबारे उनको विशेष चासो थियो।
संक्षिप्त विषय-सूची
इजकिएलको बोलावट १:१—३:२७
यरूशलेमको विनाशको सन्देश ४:१—२४:२७
जातिहरूमाथि परमेश्वरको दण्ड २५:१—३२:३२
आफ्नो प्रजालाई परमप्रभुको प्रतिज्ञा ३३:१—३७:२८
गोगको विरुद्धमा ईश्वरवाणी ३८:१—३९:२९
भावी मन्दिर र देशको दर्शन ४०:१—४८:३५
अहिले सेलेक्ट गरिएको:
इजकिएल पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.