YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:10-16

प्रस्‍थान 4:10-16 सरल नेपाली

तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्‍न सक्‍दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्‍न सक्‍ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्‍न सक्‍छु।” परमप्रभुले उनलाई भन्‍नुभयो, “मानिसलाई कसले बोल्‍ने मुख दिन्‍छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्‍छ वा अन्‍धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। अब जा, म तँलाई बोल्‍न सघाउनेछु। के भन्‍नुपर्छ, म तँलाई सिकाउनेछु।” तर मोशाले उत्तर दिए, “होइन, परमप्रभु, अरू कसैलाई पठाउनुहोस्।” यसमा परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारूनको बारेमा कसो भन्‍छस्? म जान्‍दछु, त्‍यो राम्ररी बोल्‍न सक्‍छ। वास्‍तवमा त्‍यो अहिले तँलाई भेट्‍न आउँदै छ र तँलाई देखेर खुसी हुनेछ। त्‍योसँग कुरा गर्‌ र के भन्‍नुपर्छ, त्‍यसलाई भन्। तिमीहरू दुवैलाई म बोल्‍न सघाउनेछु र के गर्नुपर्छ, त्‍यो सिकाउनेछु। तेरो लागि त्‍यो बोल्‍ने मुखपात्र भएर मानिसहरूसित कुरा गर्नेछ। तैँले चाहिँ परमेश्‍वरजस्‍तो भएर त्‍यसले के भन्‍नुपर्छ, सो त्‍यसलाई भनिदिनू।

प्रस्‍थान 4 पढ्नुहोस्