YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:10-16

प्रस्‍थान 4:10-16 NNRV

त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।” परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।” तर मोशाले भने, “हे प्रभु, बिन्‍ती छ, अरू कसैलाई नै पठाउनुहोस्‌।” तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्‍नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्‍यो राम्ररी बोल्‍न सक्‍छ। त्‍यो तँलाई भेट्‌न आउँदैछ, र तँलाई देखेर त्‍यो खुशी हुनेछ। त्‍यसैसँग कुरा गर्‌ र त्‍यसले भन्‍नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्‍योचाहिँ तेरो निम्‍ति मानिसहरूसित बोल्‍नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्‍यसको निम्‍ति ईश्‍वरतुल्‍य हुनेछस्‌।