YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:1-7

प्रस्‍थान 4:1-7 सरल नेपाली

तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्‍वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?” परमप्रभुले सोध्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्‍नुभयो, “त्‍यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्‍याँके अनि त्‍यो साँप भयो र मोशा डरले भागे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “घोप्‍टेर त्‍यसको पुच्‍छर समातेर उठा।” मोशाले त्‍यसै गरे र त्‍यो हातमा लट्ठी नै भइगयो। परमप्रभुले भन्‍नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।” परमप्रभुले फेरि मोशालाई भन्‍नुभयो, “तेरो हात खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र हात बाहिर निकाल्‍दा त्‍यो रोग लागेर हिउँजस्‍तै सेतो थोप्‍लैथोप्‍ला भएको थियो। तब परमप्रभुले भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र फेरि हात बाहिर निकाल्‍दा त्‍यो आफ्‍नो शरीरको अरू भागजस्‍तै राम्रो भएको थियो।

प्रस्‍थान 4 पढ्नुहोस्