प्रस्थान 4:1-7
प्रस्थान 4:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले भने, “यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?” तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र मोशा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन्।” तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, “तेरो हात आफ्नो खास्टोभित्र हाल्।” तिनले आफ्नो हात खास्टोभित्र हाले, र जब तिनले त्यो बाहिर निकाले, तब त्यो कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले, र जब फेरि निकाले, तब त्यो आफ्नो शरीरको अरू मासुजस्तै भइहाल्यो।
प्रस्थान 4:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?” तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” याहवेहले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे। तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। याहवेहले भन्नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्वास गरून् भनेर हो।” तब याहवेहले भन्नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्ठरोग लागेर हिउँझैँ सेतो भयो। उहाँले भन्नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो।
प्रस्थान 4:1-7 पवित्र बाइबल (NERV)
तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?” तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।” तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए। तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।
प्रस्थान 4:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?” परमप्रभुले सोध्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्याँके अनि त्यो साँप भयो र मोशा डरले भागे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “घोप्टेर त्यसको पुच्छर समातेर उठा।” मोशाले त्यसै गरे र त्यो हातमा लट्ठी नै भइगयो। परमप्रभुले भन्नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।” परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “तेरो हात खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र हात बाहिर निकाल्दा त्यो रोग लागेर हिउँजस्तै सेतो थोप्लैथोप्ला भएको थियो। तब परमप्रभुले भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र फेरि हात बाहिर निकाल्दा त्यो आफ्नो शरीरको अरू भागजस्तै राम्रो भएको थियो।