“धूप बाल्नको निम्ति बबुल काठको एउटा वेदी बना। त्यो बराबर लम्बाइ र चौडाइ भएको ४५ सेन्टिमिटर लामो, ४५ सेन्टिमिटर चौडा र ९० सेन्टिमिटर उचाइको हुनेछ। त्यसका चार कुनाका सिङजस्ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्तो गरी बनाउनू। त्यसको माथिल्लो भाग चारैपट्टि र ती चोसाहरू निखुर सुनले मोहोर्नू। त्यसका चारैपट्टि सुनको घेरा लाउनू। त्यो बोक्न दुईवटा सुनका मुन्द्राहरू बनाएर घेरामुनि दुईपट्टि लगाउनू। त्यसलाई बोक्ने डन्डाहरू ती मुन्द्रामा छिराएर अड्याउनुपर्नेछ। ती डन्डाहरू पनि बबुल काठको बनाएर सुनले मोहोर्नू। यो वेदी करारको सन्दुकको अघिपट्टि झुन्ड्याइएका पर्दाका बाहिरपट्टि राख्नू। त्यस स्थानमा म तँलाई भेट्नेछु। प्रत्येक बिहान हारूनले पानस तयार गर्न आउँदा त्यसले सुगन्ध भएको धूप वेदीमाथि बालोस्। बेलुका दियो बाल्दा पनि त्यसले त्यसै गरोस्। यसरी धूप दिनहुँ बालिराख्ने गर्नू। यस वेदीमा कुनै मनाही गरेका धूप, पशुबलि वा अन्नबलि नचढाउनू। त्यसमा कुनै दाखमद्य बलि नचढाउनू। वर्षमा एकचोटि हारूनले पाप काट्न बलि गरेको पशुको रगत त्यसका चार सिङजस्ता चोसाहरूमा लगाएर वेदीलाई चोखो गर्ने विधि गरोस्। भविष्यमा सदाको निम्ति हरसाल यसो गरिनुपर्नेछ। यो वेदी सम्पूर्ण पवित्र र म परमप्रभुलाई समर्पण गरिएको हुनुपर्नेछ।”
प्रस्थान 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 30:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू