YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:7-12

प्रस्‍थान 3:7-12 सरल नेपाली

परमप्रभुले भन्‍नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्‍ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्‍ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्‍दछु। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्‍याउन म आएको छु। त्‍यो देश धनी र मलिलो छ, त्‍यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू बसेका छन्। मैले साँच्‍चै आफ्‍ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु। अब म तँलाई मिश्रदेशको राजाकहाँ पठाउँदै छु र तैँले मेरा प्रजालाई त्‍यसको देशदेखि डोर्‍याएर निकाली ल्‍याउनेछस्।” तर मोशाले परमेश्‍वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्‍याउन सक्‍छु?” परमेश्‍वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्‍नेछौ। मैले तँलाई पठाएको हो भन्‍ने प्रमाण यही नै हुनेछ।”

प्रस्‍थान 3 पढ्नुहोस्