तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।” तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?” अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
प्रस्थान 3 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 3:7-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू