म तिमीलाई केही राम्रो सल्लाह दिँदै छु अनि परमेश्वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्वरको सामु पुर्याउनु ठीकै छ। तिमीले तिनीहरूलाई परमेश्वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ। त्यस बाहेक तिमीले केही योग्य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्वरको डर मान्ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ। तिनीहरूले स्थायीरूपमा मानिसहरूका लागि न्यायाधीशका काम गरून्। तिनीहरूले सबै अप्ठ्यारा विषयहरू तिमीकहाँ ल्याउन सक्छन्; तर स-साना कुराहरू तिनीहरू आफैंले छिनोफानो गर्न सक्छन्। त्यसो गर्दा तिमीलाई केही सजिलो पर्नेछ किनभने तिनीहरूले पनि तिम्रो भार बाँड्नेछन्। परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीले यसो गर्यौ भने तिमी आफैं हैरान हुनेछैनौ र यी मानिसहरू पनि आ-आफ्ना झैझगडा छिनेर घर जान सक्नेछन्।”
प्रस्थान 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 18:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू