प्रस्‍थान 18:14-19

प्रस्‍थान 18:14-19 सरल नेपाली

मोशाले गरेका सबै काम देखेर यित्रोले सोधे, “मानिसहरूको निम्‍ति तिमीले यति धेरै काम गरेको? किन तिमी एक्‍लै यी काम गर्छौ? मानिसहरूचाहिँ किन बिहानदेखि नै बेलुकासम्‍म यहाँ तिम्रो सल्‍लाह लिन कुरिरहन्‍छन्?” मोशाले उत्तर दिए, “मैले यसो गर्नैपर्छ किनभने मानिसहरू मकहाँ परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्। जब दुई जनाका बीचमा विवाद पर्छ, तिनीहरू मकहाँ आउँछन् र ती दुईमा को ठीक छ, मैले फैसला गरिदिनुपर्छ अनि म तिनीहरूलाई परमेश्‍वरका आज्ञा र विधिबारे बताउँदछु।” तब यित्रोले भने, “यो काम तिमीले ठीक तरिकाले गरेका छैनौ। यसरी गर्दा तिमी आफैं थाक्‍नेछौ र यी मानिसहरू पनि थाक्‍नेछन्। तिमी एक्‍लैलाई यो काम गाह्रो हुन्‍छ। म तिमीलाई केही राम्रो सल्‍लाह दिँदै छु अनि परमेश्‍वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्‍वरको सामु पुर्‍याउनु ठीकै छ।

प्रस्‍थान 18 पढ्नुहोस्