YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 15:20-27

प्रस्‍थान 15:20-27 सरल नेपाली

हारूनकी दिदी ईश्‍वरवाणी बोल्‍ने मिरियमले हातमा खैँजडी लिइन् र अरू स्‍त्रीहरू नाच्‍दै, खैँजडी बजाउँदै तिनको पछिपछि लागे। मिरियमले यसरी गाइन्– “परमप्रभुलाई स्‍तुति गान गर किनभने उहाँले एउटा गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।” तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्‍याइ लगे। तीन दिनसम्‍म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्। तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्‍यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्‍यसैकारण त्‍यसको नाम मारा राखिएको थियो। मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?” मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्‍यो दाउराको टुक्रा पानीमा हालिदिए र त्‍यो पानी पिउन लायकको भयो। त्‍यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्‍ति नियमहरू दिनुभयो। त्‍यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो। उहाँले भन्‍नुभयो, “तिमीहरूले सम्‍पूर्ण रीतले मैले भनेका कुराहरू मान्‍यौ, म जे कुरा ठीक ठान्‍दछु, त्‍यो गर्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।” भोलिपल्‍ट तिनीहरू एलीममा आइपुगे, त्‍यहाँ बाह्रवटा पानीका मूलहरू र सत्तरीवटा खजूरका बोटहरू थिए। त्‍यही पानीनिर तिनीहरूले पाल टाँगे।

प्रस्‍थान 15 पढ्नुहोस्