YouVersion लोगो
खोज आइकन

एफिसी 6:16-21

एफिसी 6:16-21 सरल नेपाली

विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्‍माले दिनुभएको परमेश्‍वरको शिक्षारूपी तरवार भिरिराख। सधैँ प्रार्थना गर, परमेश्‍वरको सहायता मागिबस। सबै समय पवित्र आत्‍माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्‍टका पवित्र जनहरूका लागि प्रार्थना गर। मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्‍न लाग्‍दा परमेश्‍वरले मलाई वचन देऊन्, मलाई बोल्‍ने साहस मिलोस् अनि म सुसमाचारको रहस्‍य अरूलाई बुझाउन सकूँ। यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्‍नुपर्ने हो, त्‍यसरी नै साहससँग बोलिरहन सकूँ। हाम्रा प्‍यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्।

एफिसी 6 पढ्नुहोस्

एफिसी 6:16-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति