YouVersion लोगो
खोज आइकन

एफिसी 6:10-17

एफिसी 6:10-17 सरल नेपाली

अन्‍तमा, तिमीहरू प्रभुमा उहाँको ठूलो शक्तिले शक्तिशाली होओ। शैतानका सबै युक्तिको सामना गर्न परमेश्‍वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्‍धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्‍ट आत्‍माका विरोधमा हो। यसैकारण परमेश्‍वरका सबै हातहतियारहरू भिर। त्‍यसो हुँदा नराम्रो दिनमा दुष्‍ट आइलाग्‍दा त्‍यसलाई रोक्‍न सक्‍नेछौ र अन्‍तसम्‍म लडेर पनि तिमी खडा नै रहनेछौ। यसकारण तयार भएर खडा रहो। सत्‍यलाई पेटीझैँ कम्‍मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्‍ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्‍माले दिनुभएको परमेश्‍वरको शिक्षारूपी तरवार भिरिराख।

एफिसी 6 पढ्नुहोस्