YouVersion लोगो
खोज आइकन

एफिसी 5:4-11

एफिसी 5:4-11 सरल नेपाली

अश्‍लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्‍वरलाई धन्‍यवाद दिइरहनुपर्छ। तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ। त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ।

एफिसी 5 पढ्नुहोस्

एफिसी 5:4-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति