एफिसी 5:4-11
एफिसी 5:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्। किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ। यसकारण तिनीहरूसँग सहभागी नहोओ, किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
एफिसी 5:4-11 नेपाली समकालीन संस्करण (NCV)
अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्वरलाई धन्यवाद दिनेगर। किनकि तिमीहरू यो निश्चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो र ख्रीष्ट र परमेश्वरको राज्यको हकदार हुन सक्दैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ। यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ। किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ।
एफिसी 5:4-11 पवित्र बाइबल (NERV)
तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो। मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।
एफिसी 5:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अश्लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्वरलाई धन्यवाद दिइरहनुपर्छ। तिमीहरूलाई थाहा हुनैपर्छ व्यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्वर र ख्रीष्टको राज्यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्वरको रिस खनिन्छ। त्यसो हुँदा यस्ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्यालोमा छौ। यसकारण तिमीहरू उज्यालोको योग्य मानिसजस्तै जिउने गर किनभने उज्यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्याय र सत्य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्यो काम नराम्रो हो भनेर देखाइदेओ।