YouVersion लोगो
खोज आइकन

एफिसी 5:25-32

एफिसी 5:25-32 सरल नेपाली

लोग्‍नेहरू हो, ख्रीष्‍टले आफ्‍नो मण्डलीलाई ज्‍यान दिएर प्रेम गरेझैँ आ-आफ्‍ना स्‍वास्‍नीलाई प्रेम गर। ख्रीष्‍टले मण्‍डलीलाई पवित्र बनाउन आफ्‍नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो र आफैंलाई दिन यो मण्‍डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्‍दर मण्‍डली बनाउन यसो गर्नुभयो। लोग्‍नेहरूले पनि आ-आफ्‍ना स्‍वास्‍नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्‍ना स्‍वास्‍नीहरूलाई आफ्‍नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्‍वास्‍नीलाई माया गर्नेले आफैंलाई माया गर्छ। कसैले पनि आफ्‍नो शरीरलाई हेला गर्दैन, तर यसको लालनपालन गर्दछ। त्‍यसरी नै ख्रीष्‍टले आफ्‍ना मण्‍डलीको लालनपालन गर्नुहुन्‍छ किनभने हामी उहाँकै शरीरका अङ्ग हौं। धर्मशास्‍त्रले भन्‍दछ, “यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‍नेछ र स्‍वास्‍नीसँग मिल्‍नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” यो ठूलो रहस्‍यको कुरो हो। यही कुरा ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा पनि लागु हुन्‍छ।

एफिसी 5 पढ्नुहोस्