एफिसी 5:25-32
एफिसी 5:25-32 पवित्र बाइबल (NERV)
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो। अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। किनकि हामी उहाँको शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।” यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।
एफिसी 5:25-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्। त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनभने हामी उहाँका शरीरको अङ्ग हौं। “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।” यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
एफिसी 5:25-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ। कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ। किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ। “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।” यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्ट र मण्डलीबारे कुरा गरिरहेको छु।
एफिसी 5:25-32 पवित्र बाइबल (NERV)
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो। अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। किनकि हामी उहाँको शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।” यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।
एफिसी 5:25-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लोग्नेहरू हो, ख्रीष्टले आफ्नो मण्डलीलाई ज्यान दिएर प्रेम गरेझैँ आ-आफ्ना स्वास्नीलाई प्रेम गर। ख्रीष्टले मण्डलीलाई पवित्र बनाउन आफ्नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो र आफैंलाई दिन यो मण्डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्दर मण्डली बनाउन यसो गर्नुभयो। लोग्नेहरूले पनि आ-आफ्ना स्वास्नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्ना स्वास्नीहरूलाई आफ्नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्वास्नीलाई माया गर्नेले आफैंलाई माया गर्छ। कसैले पनि आफ्नो शरीरलाई हेला गर्दैन, तर यसको लालनपालन गर्दछ। त्यसरी नै ख्रीष्टले आफ्ना मण्डलीको लालनपालन गर्नुहुन्छ किनभने हामी उहाँकै शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” यो ठूलो रहस्यको कुरो हो। यही कुरा ख्रीष्ट र मण्डलीको सम्बन्धमा पनि लागु हुन्छ।