YouVersion लोगो
खोज आइकन

एफिसी 4:22-31

एफिसी 4:22-31 सरल नेपाली

पहिलेका आचरणहरूमा बाँच्‍ने तिमीहरूको पुरानो जीवन त्‍यागिदेओ। त्‍यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्‍छाहरूको कारणले नष्‍ट भइरहेथ्‍यो। तिमीहरूका मन र आत्‍मा पूरा नयाँ होस्। नयाँ मानिस परमेश्‍वरकै स्‍वरूपमा सिर्जिएको हो अनि यसले परमेश्‍वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्‍वभावलाई अपनाओ। त्‍यसो हुँदा अब ढाँट्‍ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्‍टको शरीरमा एक-अर्काका अङ्ग हौं। तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्‍ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। शैतानले मौका छोप्‍न नपाओस्। चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्‍नै हातले कमाओस्। त्‍यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्‍किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्‍नेहरूलाई भलाइ होस्। परमेश्‍वरको पवित्र आत्‍मालाई खिन्‍न नपार किनभने पवित्र आत्‍मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो। सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्‍यागिदेओ। गाली निन्‍दा गर्दै नगर, सबै किसिमका वैरभाव त्‍यागिदेओ।

एफिसी 4 पढ्नुहोस्