YouVersion लोगो
खोज आइकन

एफिसी 4:22-31

एफिसी 4:22-31 NNRV

छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग। र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर। यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ। चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌। तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌। अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।