यस संसारमा जे-जति हुन्छ, परमेश्वरको निर्धारित समयमा नै हुन्छ। जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय। मार्ने एउटा समय छ, निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, बनाउने एउटा समय। रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। ढुङ्गा फ्याँक्ने एउटा समय छ, ती बटुल्ने एउटा समय। अँगालो हाल्ने एउटा समय छ, अँगालो नहाल्ने एउटा समय। भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय।
उपदेशक 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू