YouVersion लोगो
खोज आइकन

उपदेशक 1:13-18

उपदेशक 1:13-18 सरल नेपाली

यस संसारमा जे गरिन्‍छ, तिनका जाँच र अध्‍ययन गर्ने सङ्कल्‍प मैले गरें। परमेश्‍वरले हामीलाई दु:खलाग्‍दो भाग्‍य दिनुभएको छ। संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्‍यर्थ हुन् भनी म भन्‍दछु। ती काम हावालाई खेदेको जस्‍तो मात्रै हो। जे कुरा बाङ्गो छ, त्‍यसलाई तिमी सोझो बनाउन सक्‍दैनौ, जे कुरा छैन, त्‍यसको गन्‍ती हुन सक्‍दैन। मैले आफैंलाई भनें, “म महान् व्‍यक्ति भएको छु। मेरो अघि यरूशलेमका सिंहासनमा राज्‍य गर्नेहरूभन्दा म धेरै बुद्धिमान् छु। बुद्धि र ज्ञान के हुन्, म बुझ्‍दछु।” यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्‍नतालाई मैले बुझ्‍ने निश्‍चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु। मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ।

उपदेशक 1 पढ्नुहोस्