उपदेशक 1:13-18
उपदेशक 1:13-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो। जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन। मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।” तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ। किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।
उपदेशक 1:13-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस संसारमा जे गरिन्छ, तिनका जाँच र अध्ययन गर्ने सङ्कल्प मैले गरें। परमेश्वरले हामीलाई दु:खलाग्दो भाग्य दिनुभएको छ। संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्यर्थ हुन् भनी म भन्दछु। ती काम हावालाई खेदेको जस्तो मात्रै हो। जे कुरा बाङ्गो छ, त्यसलाई तिमी सोझो बनाउन सक्दैनौ, जे कुरा छैन, त्यसको गन्ती हुन सक्दैन। मैले आफैंलाई भनें, “म महान् व्यक्ति भएको छु। मेरो अघि यरूशलेमका सिंहासनमा राज्य गर्नेहरूभन्दा म धेरै बुद्धिमान् छु। बुद्धि र ज्ञान के हुन्, म बुझ्दछु।” यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्नतालाई मैले बुझ्ने निश्चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु। मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ।
उपदेशक 1:13-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ! सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र। जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन। मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।” तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ। किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
उपदेशक 1:13-18 पवित्र बाइबल (NERV)
मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ। सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु। तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ। मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?” मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु। किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।