व्यवस्था 7
7
परमप्रभुका निजी जनहरू
(प्रस्थान ३४:११-१६)
1 #
प्रेरित 13:19
“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूले अधीनमा लिन आँटेका देशमा तिमीहरूलाई पुर्याउनुहुनेछ। त्यहाँबाट उहाँले धेरै जातिहरूलाई धपाउनुहुनेछ। जसै तिमीहरू अघि बढ्छौ, उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली यी सात जातिहरूलाई धपाउनुहुनेछ– हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू। 2जब परमप्रभु तिम्रा परमेश्वरले ती जातिहरूलाई तिम्रा हातमा पार्नुहुनेछ र तिमीहरूले तिनीहरूलाई जित्नेछौ, तिनीहरू सबैलाई तिमीहरूले नाश गर्नू। तिनीहरूसित मित्रता र दयामाया नगर्नू। 3तिनीहरूमध्ये कसैलाई बिहे नगर्नू र तिम्रा छोरा-छोरीलाई पनि तिनीहरूमध्येको कसैलाई बिहे गर्न नदिनू 4किनभने अरू देवताहरूको पूजा गर्न लाउनलाई तिनीहरूले तिम्रा छोरा-छोरीहरूलाई परमप्रभुदेखि टाढा पार्नेछन्। त्यसो भयो भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ र तुरुन्तै तिमीहरूलाई नाश गर्नुहुनेछ। 5#व्यवस्था 12:3यसकारण तिमीहरूले तिनीहरूका वेदीहरू ढालिदिनू, पवित्र ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू, अशेरा देवीका मूर्तिहरू काटी ढालिदिनू र अरू मूर्तिहरू जलाइदिनू। 6#प्रस्थान 19:5; व्यवस्था 4:20; 14:2; 26:18; तीतस 2:14; १ पत्रुस 2:9तिमीहरूले त्यसो गर्नु नै पर्छ किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्वरका जन हौ। संसारका सबै जातिहरूका माझबाट आफ्नो निजी अनि विशेष जन बनाई उहाँले तिमीहरूलाई चुन्नुभयो।
7“तिमीहरू सङ्ख्यामा अरू जातिहरूभन्दा धेरै भएका हुनाले उहाँले तिमीहरूलाई प्रेम गर्नु वा चुन्नुभएको होइन। पृथ्वीमा तिमीहरू सबैभन्दा कम सङ्ख्या भएका जाति थियौ। 8तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभयो र तिम्रा पुर्खासित गर्नुभएको उहाँको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्थ्यो। त्यसैकारण आफ्नो महान् शक्तिले उहाँले तिमीहरूलाई बचाउनुभयो र मिश्रको राजाको दासत्वदेखि छुटकारा दिनुभयो। 9#प्रस्थान 20:5,6; 34:6,7; गन्ती 14:18; व्यवस्था 5:9,10यो याद राख, परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ अनि उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले आफ्नो करार राख्नुहुनेछ र उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा मान्नेहरूका हजारौँ पुस्ताहरूलाई अटुट प्रेम गर्नुहुनेछ। 10तर उहाँलाई घिन गर्नेहरूलाई सजायँ दिन उहाँले सङ्कोच मान्नुहुन्न। 11अब जे कुरा तिमीहरूलाई सिकाइएको छ, त्यो मान; आज मैले तिमीहरूलाई दिएका सबै नियमहरू पालन गर।
आज्ञापालनको आशिष्
(व्यवस्था २८:१-१४)
12 #
व्यवस्था 11:13-17
“यदि तिमीहरूले यी आज्ञाहरू सुन्यौ र विश्वासी भई मान्यौ भने परमप्रभु तिम्रा परमेश्वरले आफ्नो करार तिमीहरूसित राखिराख्नुहुनेछ र तिम्रा पुर्खाहरूसित प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई आफ्नो अटुट प्रेम देखाउनुहुनेछ, 13उहाँले तिमीहरूलाई प्रेम गर्नु र आशिष् दिनुहुनेछ र तिमीहरूका धेरै छोरा-छोरीहरू हुनेछन् र तिमीहरूको सङ्ख्या बढ्नेछ। उहाँले तिमीहरूका खेतबारीहरूमा आशिष् दिनुहुनेछ र तिमीहरूले अन्न, दाखमद्य र जैतुनको तेल पाउनेछौ। धेरै गाई-वस्तु र भेडाहरू दिएर उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई उहाँले दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी सबै आशिष्हरू तिमीहरूलाई दिनुहुनेछ। 14संसारमा अरू कुनै जातिले तिमीहरूले झैँ प्रचुर आशिष् पाउनेछैन। तिमीहरू कोही पनि अपुताली हुनेछैनौ। तिमीहरूका गाई-वस्तु कुनै पनि थारा हुनेछैनन्। 15सबै रोगदेखि परमप्रभुले तिमीहरूको रक्षा गर्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि पर्न दिनुहुनेछैन तर ती रोगहरू उहाँले तिम्रा शत्रुहरूमाथि ल्याउनुहुनेछ। 16परमप्रभु तिम्रा परमेश्वरले तिम्रा हातमा दिनुभएको हरेक जातिलाई नाश पार, तिनीहरूलाई केही दयामाया नदेखाओ। तिनीहरूका देवताहरूलाई नपूज, त्यसो गरेनौ भने मर्नेछौ।
17“यी जातिहरूका सङ्ख्या हामीभन्दा बढी छ र हामी तिनीहरूलाई धपाउन सक्दैनौं भनी नभन। 18तिनीहरूसित नडराओ। परमप्रभु तिम्रा परमेश्वरले मिश्रका राजा र तिनका प्रजालाई कसो गर्नुभयो, त्यो सम्झ। 19तिमीहरूकै आँखाले देखेका डरलाग्दा महामारी, उदेक र अचम्मका कामहरू र महान् शक्ति र बलले परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको सम्झ। जसरी उहाँले मिश्रीहरूलाई नाश गर्नुभयो, त्यसरी नै यी जातिहरूलाई उहाँले नाश गर्नुहुनेछ, जससँग अहिले तिमीहरू डराएका छौ। 20उहाँले तिनीहरूका माझमा आतङ्क पनि फैलाउनुहुनेछ र भागेर लुकी हिँड्नेहरूलाई पनि नाश पार्नुहुनेछ। 21यसकारण यी जातिहरूसित नडराओ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्छ– उहाँ महान् परमेश्वर हुनुहुन्छ र उहाँको डर मान्नुपर्छ। 22जसै तिमीहरू अघि बढ्दछौ, अलि-अलि गर्दै उहाँले यी जातिहरूलाई धपाउनुहुनेछ। तिमीहरूले तिनीहरूलाई एकैपल्टमा नाश गर्न सक्नेछैनौ किनभने त्यसो गर्नाले जङ्गली जन्तुको सङ्ख्या बढेर तिमीहरूलाई खतरा हुनेछ। 23परमप्रभुले तिम्रा शत्रुहरू तिम्रा हातमा पारिदिनु हुनेछ र तिनीहरू नाश नहुञ्जेल तिनीहरूलाई आतङ्कित पार्नुहुनेछ। 24तिनका राजाहरूलाई उहाँले तिम्रा हातमा दिनुहुनेछ। तिमीहरूले तिनलाई मार्नेछौ र तिनीहरूका नामनिशाना मेटिएर जानेछ। कसैले तिमीहरूलाई रोक्न सक्नेछैन। तिमीहरूले सबैलाई नाश पार्नेछौ, 25तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ। 26कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.