YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 6:10-12

व्‍यवस्‍था 6:10-12 सरल नेपाली

“तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबलाई परमप्रभु तिम्रा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार, तिमीहरू आफैंले नबनाएका ठूला-ठूला र धनाढ्य सहरहरू उहाँले तिमीहरूलाई दिनुहुनेछ। घरहरू असल कुराहरूले भरिएका हुन्‍छन्, जुन तिमीहरूले राखेका होइनौ। त्‍यहाँ इनारहरू हुनेछन्, जो तिमीहरूले खनेका होइनौ अनि दाखबारी र जैतुनका बगैँचाहरू, जो तिमीहरूले रोपेका होइनौ। जब परमप्रभुले तिमीहरूलाई यस देशमा ल्‍याउनुहुन्‍छ, तब तिमीहरूको निम्‍ति प्रशस्‍त खानेकुरा हुनेछन्। मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्‍यहाँबाट तिमीहरूलाई बचाई ल्‍याउनुहुने परमप्रभुलाई भुल्‍नेछैनौ भन्‍ने पक्‍का सङ्कल्‍प गर।

व्‍यवस्‍था 6 पढ्नुहोस्