YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 6:1-3

व्‍यवस्‍था 6:1-3 सरल नेपाली

“परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई आज्ञा गर्नुभएका सबै नियमहरू यी नै हुन्। जुन देशमा पसी त्‍यसलाई आफ्‍नो अधीन गर्नेछौ, त्‍यहाँ तिनको पालन गर्नू। तिमीहरूको प्राण रहुञ्‍जेलसम्‍म तिमीहरूले र तिम्रा सन्‍तानले परमप्रभु आफ्‍ना परमेश्‍वरको आदर गर्नू र मैले तिमीहरूलाई दिँदैगरेका नियमहरू पालना गर्नू। त्‍यसो भए तिमीहरू त्‍यस देशमा धेरै दिनसम्‍म जिउन सक्‍नेछौ। हे इस्राएलका मानिसहरू हो! ती नियमहरू सुन र मान। तब सबै कुरामा तिमीहरूको भलो हुनेछ र तिमीहरू एउटा प्रतापी जाति बन्‍नेछौ। परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरू त्‍यस असल र मलिलो देशमा बास गर्नेछौ।

व्‍यवस्‍था 6 पढ्नुहोस्