व्‍यवस्‍था 11:24-25

व्‍यवस्‍था 11:24-25 सरल नेपाली

तिमीहरूले पाइला हालेका सारा जमिन तिम्रा हुनेछन्। तिम्रो देश दक्षिणमा उजाड-स्‍थानदेखि उत्तरमा लेबनानका पहाडहरूसम्‍म अनि पूर्वमा यूफ्रेटिस नदीदेखि पश्‍चिममा भूमध्‍य सागरसम्‍म फैलिनेछ। त्‍यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार त्‍यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्‍न सक्‍नेछैन।