YouVersion लोगो
खोज आइकन

दानिएल 6:13-18

दानिएल 6:13-18 सरल नेपाली

तिनीहरूले राजालाई भने, “देशनिकालाबास भई यहूदाबाट आएको दानिएल भन्‍ने एक जना पुरुषले हजुरको आदर गर्दैनन् र हजुरको आदेश पालन गर्दैनन्। उनी नियमित दिनमा तीनपल्‍ट प्रार्थना गर्दछन्।” त्‍यो कुरा सुनेर राजा अन्‍योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्‍न खुब विचार गर्न लागे। घाम नअस्‍ताएसम्‍म उनले जुक्‍ति गरि नै रहे। त्‍यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्‍नुहुन्‍छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।” यसकारण राजाले दानिएललाई पक्रने हुकुम दिए र उनी सिंहको खोरमा फालिए। राजाले दानिएललाई भने, “तिमीले भक्तिसाथ पुजेका परमेश्‍वरले तिमीलाई बचाऊन्।” खोरको मुखमा एउटा ठूलो ढुङ्गा ल्‍याएर राखियो र राजाले आफ्‍नो लाल-मोहोर र शासकहरूको सिल-मोहोर कसैले दानिएललाई बचाउन नसक्‍ने हिसाबले त्‍यस ढुङ्गामा लाइदिए। त्‍यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्‍जन नगरी रातभरि जागा बसे।

दानिएल 6 पढ्नुहोस्