YouVersion लोगो
खोज आइकन

दानिएल 5:18-21

दानिएल 5:18-21 सरल नेपाली

“सर्वोच्‍च परमेश्‍वरले हजुरका बुबा नबूकदनेसरलाई एउटा महान् राजा बनाउनुभयो र उनलाई मान-मर्यादा र गौरव दिनुभयो। उनी यति महान् थिए कि जाति-जाति र कुल-कुलका अनि विभिन्‍न भाषा बोल्‍ने मानिसहरू उनको डर मान्‍दथे र थरथरी हुन्‍थे। उनले जसलाई मार्न चाहन्‍थे, त्‍यसलाई मार्थे र जसलाई जिउँदो राख्‍न चाहन्‍थे, त्‍यसलाई जिउँदै राख्‍थे। कसैलाई मान गर्नु वा नगर्नु, उहाँको हातमा थियो। तर उनी घमण्‍डी, अट्टेरी र निर्दयी भएका हुनाले राज-गद्दीबाट हटाइए र सम्‍मानको स्‍थान उनको हातबाट उम्‍क्‍यो। उनी मानव-समाजबाट धपाइए र उनको मन पशुको जस्‍तो भयो। उनको बास जङ्गली गधासित भयो र उनी गोरुले झैँ घाँस खाने भए। उनी खुल्‍ला मैदानमा सुत्‍थे र आकाशका शीतले उनको शरीर भिज्‍दथ्‍यो। अन्‍त्‍यमा सर्वोच्‍च परमेश्‍वरले सबै मानिसका राज्‍यहरू आफ्‍ना अधिकारमा राख्‍नुहुन्‍छ र ती राज्‍य उहाँले जसलाई चुन्‍नुहुन्‍छ, त्‍यसलाई दिनुहुन्‍छ भनी उनले स्‍वीकार गरे।

दानिएल 5 पढ्नुहोस्