YouVersion लोगो
खोज आइकन

दानिएल 5:1-9

दानिएल 5:1-9 सरल नेपाली

एक रात बेलसजर राजाले एक हजार उच्‍च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्‍त्‍याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे। त्‍यसरी पिइरहेका बेला बेलसजरले आफ्‍ना बुबा नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्‍ना स्‍वास्‍नीहरू र रखौटीहरूले मद्य पिउनको निम्‍ति उनले ती कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरेका थिए। सुनका कचौराहरू र बटुकाहरू ल्‍याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे। अचानक एउटा मानिसको हात देखा पर्‍यो र महलको भित्तामा केही लेख्‍न थाल्‍यो। बलिरहेको पानसको उज्‍यालो ज्‍योति भित्ताको त्‍यस भागमा चम्‍किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे। उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्‍न थाले। जादूगर, मन्‍त्र-तन्‍त्र गर्ने र ज्‍योतिषीहरूलाई बोलाऊ भन्‍दै तिनी चिच्‍च्‍याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्‍यसको अर्थ मलाई बताउन सक्‍छ, त्‍यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्‍यसका गलामा सम्‍मानको सुनको सिक्री लगाइनेछ र यस राज्‍यमा त्‍यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।” तब राजदरबारका सल्‍लाहकारहरू अघि आए; तर कसैले पनि त्‍यो लेखोट पढ्‍न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्। डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्‍क परे।

दानिएल 5 पढ्नुहोस्