यहोयाकीम यहूदाका राजा भएको तेस्रो वर्षमा बेबिलोनियाका राजा नबूकदनेसरले यरूशलेममाथि हमला गरे र सहरमा घेरा हाले। उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्ना देवताहरूको मन्दिरका भण्डारहरूमा राखे। देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्न राजाले आफ्नो मुख्य हाकिम अशपेनजलाई आज्ञा गरे। ती युवकहरू देख्नमा सुन्दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्न र पढ्न सिकाउनुपर्नेभयो। ती इस्राएली युवकहरूलाई पनि प्रतिदिन राजदरबारका भारदारहरूलाई दिइने भोजन र दाख-मद्य नै खान र पिउन दिन र तीन वर्ष तालिम दिएर तिनीहरूलाई राजाको सामुन्ने हाजिर गराउन भनि राजाको आज्ञा भयो। त्यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए। मुख्य हाकिमले दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो नयाँ नाम दिए। दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्प गरे र अशपेनजलाई यसबारे भने। परमेश्वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो।
दानिएल 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू