YouVersion लोगो
खोज आइकन

दानिएल 1:1-9

दानिएल 1:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्‍यसलाई घेरे। अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे। तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो। राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो। यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह। प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो। तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:1-9 पवित्र बाइबल (NERV)

यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो बर्षमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे। परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे। त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने। ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे। राजा नबूदकनेसरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन बर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए। यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए। अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए। तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे। परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहोयाकीम यहूदाका राजा भएको तेस्रो वर्षमा बेबिलोनियाका राजा नबूकदनेसरले यरूशलेममाथि हमला गरे र सहरमा घेरा हाले। उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्‍दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्‍दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्‍ना देवताहरूको मन्‍दिरका भण्‍डारहरूमा राखे। देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्‍येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्‍न राजाले आफ्‍नो मुख्‍य हाकिम अशपेनजलाई आज्ञा गरे। ती युवकहरू देख्‍नमा सुन्‍दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्‍न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्‍ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्‍न र पढ्‍न सिकाउनुपर्नेभयो। ती इस्राएली युवकहरूलाई पनि प्रतिदिन राजदरबारका भारदारहरूलाई दिइने भोजन र दाख-मद्य नै खान र पिउन दिन र तीन वर्ष तालिम दिएर तिनीहरूलाई राजाको सामुन्‍ने हाजिर गराउन भनि राजाको आज्ञा भयो। त्‍यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह थिए। मुख्‍य हाकिमले दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो नयाँ नाम दिए। दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्‍प गरे र अशपेनजलाई यसबारे भने। परमेश्‍वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्