YouVersion लोगो
खोज आइकन

कलस्सी 1:14-20

कलस्सी 1:14-20 सरल नेपाली

उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ। नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।

कलस्सी 1 पढ्नुहोस्