YouVersion लोगो
खोज आइकन

कलस्सी 1:14-20

कलस्सी 1:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ। उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌। किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ। ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्। उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो। अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।

कलस्सी 1:14-20 पवित्र बाइबल (NERV)

हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ। परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ। उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ। स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्। सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ। ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ, जो मृत्युबाट बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ। यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्। अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ। नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्