फिलिप उठेर हिँडे। त्यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्दाकीका ठूलो अख्तियार पाएको खजान्ची थिए। उनी यरूशलेममा गएर परमेश्वरलाई पुजेर घरतिर फर्किंदै थिए र आफ्नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेका थिए। पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्नुहुन्छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न बिन्ती गरे।
प्रेरित 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 8:27-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू