YouVersion लोगो
खोज आइकन

प्रेरित 8:27-31

प्रेरित 8:27-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूला पदाधिकारी र समस्‍त सम्‍पत्तिका कोषाध्‍यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए, र आफ्‍नो रथमा बसी यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेका थिए। तब पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्‍यस रथको साथ लाग।” फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्‍न सक्‍छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्‍ने अनुरोध गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:27-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।” अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:27-31 पवित्र बाइबल (NERV)

यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?” त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:27-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फिलिप उठेर हिँडे। त्‍यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्‍यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूलो अख्‍तियार पाएको खजान्‍ची थिए। उनी यरूशलेममा गएर परमेश्‍वरलाई पुजेर घरतिर फर्किंदै थिए र आफ्‍नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेका थिए। पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्‍नुहुन्‍छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्‍ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्‍न बिन्‍ती गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्